Skip to main content

एकोहोरो मायाँ

मनको धोको पुग्ने गरी एकोहोरो हेर्न पाए
कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए
आजकालकी केटी तिमी केटा साथी पक्कै होला
तैपनी तिम्रो मायाँ एता तिर फेर्न पाए
कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए
तिमीले के सोचेकी छौ त्यो मलाई थाहा छैन
लाग्छ तिम्रो सुन्दर नाम यो मुटुमा केर्न पाए
कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए
तिम्ले आँखा तरिदिँदा मुटु मेरो तेस्यै दुख्छ
तिमी बिना बाँच्नु भन्दा आँफैलाई सेर्न पाए
कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए

Comments

Popular posts from this blog

तिम्रै यादमा गजल लेख्छु

तिम्ले मलाई छाडिहाल्योउ, कसरी दिन बिताउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् आँखबाट आँशु झार्दा, यो मनमा पिर पर्दा पिडा सबै भुल्नलाई कुन चै बिष खाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् हाम्रो साथ छुटिदिँदा, मुटु मेरो फुटिदिँदा फुटेको यो मुटु जोड्न्, कस्कोमा जाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् मायाँ अन्तै सारिहाल्योउ, मलाई एक्लो पारिहाल्योउ एक्लोपना हटाउन, कोसङ्ग मायाँ लाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् चोखो मायाँ गर्छु भन्थ्योउ, तिम्रै लागी म र्छु भन्थ्योउ त्यो तिम्रो बाचा सम्झि, मनलाई कती रुवाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् सपनिमा तिम्लाई देख्छु, तिम्रै निम्ती गजल लेख्छु बाँचनै गाह्रो भो समझनाले, कसरी त्यस्लाई हटाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब
भाको जती सबै मायाँ, मारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे सँगइ हाँस्छु, सँगइ रुन्छु सँगइ जिउँछु सँगइ मर छु एस्ता बाचा कसम अन्तै, सारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिमी गयोउ एक्लो भाछु, खुशी छैन दुख पाछु तर त्यहाँ एताउता, चारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिम्रै लागी कबिता लेख्थेँ, तिम्रै यादमा सपना देख्थेँ सपनाहरु सबै आज्, लतारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे कस्ले बढी खुशी दिने, कस्ले बढी मायाँ दिने एस्ता सबै बाजिहरु, हारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे

मायाँ चाहिँदैन

भो भो अब लाउनु छैन पहिल्यै मायाँ लाईसकेँ अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ तिमी कर नगर हेर मलाई आफ्नो बनाउन चोट मलाई पाउनु छैन पहिल्यै धेरै पाइसकेँ अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ मलाई कहिल्यै नबोलाउ तिमी त्यो ठाउँमा भेट्नलाई त्यहाँ मलाई धाउनु छैन पहिल्यै धेरै धाइसकेँ अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ तिमीले जे भनेपनी मायाँ के हो थाहा भयो तिम्लाई दिल मा सजाउनु छैन पहिल्यै अरुलाई सजाइसकेँ अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ एती मायाँ गर्दा पनि निस्थुरिले छाड्दा लाग्छ कसैको गीत गाउनु छैन पहिल्यै धेरै गाइसकेँ अब धोका खानु छैन पहिल्यै धेरै खाइसकेँ