Skip to main content

Posts

Showing posts from 2016
भाको जती सबै मायाँ, मारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे सँगइ हाँस्छु, सँगइ रुन्छु सँगइ जिउँछु सँगइ मर छु एस्ता बाचा कसम अन्तै, सारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिमी गयोउ एक्लो भाछु, खुशी छैन दुख पाछु तर त्यहाँ एताउता, चारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिम्रै लागी कबिता लेख्थेँ, तिम्रै यादमा सपना देख्थेँ सपनाहरु सबै आज्, लतारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे कस्ले बढी खुशी दिने, कस्ले बढी मायाँ दिने एस्ता सबै बाजिहरु, हारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे
अपरिचित मप्रती उनको, चासो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ पहिलो भेटमै एस्तो होल, मैले सोच्या थिन तर कोही मार्फत पठाको त्यो, नासो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ चिनजान भाकै छैन , माया कसरी लगाउँ ? भन्दा म र्छु भ नि तयार हुने, पाँसो देख्दा द ङ्ग परेँ सबैको मन लोभ्याउने त्यो , हासो देख्दा द ङ्ग परेँ अपरिचित मप्रती उनको, चासो देख्दा द ङ्ग परेँ

तिम्रै यादमा गजल लेख्छु

तिम्ले मलाई छाडिहाल्योउ, कसरी दिन बिताउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् आँखबाट आँशु झार्दा, यो मनमा पिर पर्दा पिडा सबै भुल्नलाई कुन चै बिष खाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् हाम्रो साथ छुटिदिँदा, मुटु मेरो फुटिदिँदा फुटेको यो मुटु जोड्न्, कस्कोमा जाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् मायाँ अन्तै सारिहाल्योउ, मलाई एक्लो पारिहाल्योउ एक्लोपना हटाउन, कोसङ्ग मायाँ लाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् चोखो मायाँ गर्छु भन्थ्योउ, तिम्रै लागी म र्छु भन्थ्योउ त्यो तिम्रो बाचा सम्झि, मनलाई कती रुवाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब् सपनिमा तिम्लाई देख्छु, तिम्रै निम्ती गजल लेख्छु बाँचनै गाह्रो भो समझनाले, कसरी त्यस्लाई हटाउँ अब् तिम्रो याद मेटाउन , कतातिर धाउँ अब

यो कस्तो मायाँ?

तिम्रै तस्बिर थुन्छ मुटु , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले आफ्नो भन्दा बढी मायाँ लाग्छ किन तिम्रो मलाई तिम्रै आवाज सुन्छ यो कान , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले रिसाउँछौ जब तिमी , मेरा यि दुइ आँखामा आँसुको ताल हुन्छ सधैँ, कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले सधैँ भरी तिम्रै साथ , रहुँरहुँ जस्तो लाग्छ धेरै सपना बुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले । ।