Skip to main content

Posts

Showing posts from July, 2015

तिमीसँग मायाँ बस्यो

सधै भरि मेरै साथ, थियौ र पो माया बस्यो मेरै लागि अलिकति, पियौ र पो माया बस्यो दुख पिडा अङगालेर ,हिडिराथे तर तिम्ले सधै भरी मेरो साथ, दियौ र पो माया बस्यो मेरै लागि अलिकति पियौ र पो माया बस्यो चित्त नबु_झेर, सधै मेरो मन फाटेपनी माया देखाइ फाटेको मन ,सियौ र पो माया बस्यो मेरै लागि अलिकति, पियौ र पो माया बस्यो येति धेरै सहयोग गर्ने, तिम्लाइ मैले दियेको त्यो गुलाफ को फुल हासिहासी ,लियौ र पो माया बस्यो मेरै लागि अलिकति ,पियौ र पो माया बस्यो बाध्यतामा तिमिबाट ,टाडियेर म गयेनी आजसम्म मेरै लागि ,जियौ र पो माया बस्यो मेरै लागि अलिकति ,पियौ र पो माया बस्यो सधै भरि मेरै साथ, थियौ र पो माया बस्यो

एकोहोरो मायाँ

मनको धोको पुग्ने गरी एकोहोरो हेर्न पाए कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए आजकालकी केटी तिमी केटा साथी पक्कै होला तैपनी तिम्रो मायाँ एता तिर फेर्न पाए कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए तिमीले के सोचेकी छौ त्यो मलाई थाहा छैन लाग्छ तिम्रो सुन्दर नाम यो मुटुमा केर्न पाए कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए तिम्ले आँखा तरिदिँदा मुटु मेरो तेस्यै दुख्छ तिमी बिना बाँच्नु भन्दा आँफैलाई सेर्न पाए कती खुशी हुन्थे होला अगाँलोमा बेर्न पाए