Skip to main content

Posts

Showing posts from December, 2016
भाको जती सबै मायाँ, मारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे सँगइ हाँस्छु, सँगइ रुन्छु सँगइ जिउँछु सँगइ मर छु एस्ता बाचा कसम अन्तै, सारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिमी गयोउ एक्लो भाछु, खुशी छैन दुख पाछु तर त्यहाँ एताउता, चारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे तिम्रै लागी कबिता लेख्थेँ, तिम्रै यादमा सपना देख्थेँ सपनाहरु सबै आज्, लतारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे कस्ले बढी खुशी दिने, कस्ले बढी मायाँ दिने एस्ता सबै बाजिहरु, हारेर तिमी खुशी छेउ रे मेरो मन छिया-छिया, पारेर तिमी खुशी छेउ रे