Skip to main content

Posts

Showing posts from June, 2016

यो कस्तो मायाँ?

तिम्रै तस्बिर थुन्छ मुटु , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले आफ्नो भन्दा बढी मायाँ लाग्छ किन तिम्रो मलाई तिम्रै आवाज सुन्छ यो कान , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले रिसाउँछौ जब तिमी , मेरा यि दुइ आँखामा आँसुको ताल हुन्छ सधैँ, कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले सधैँ भरी तिम्रै साथ , रहुँरहुँ जस्तो लाग्छ धेरै सपना बुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले तिम्रै याद्मा रुन्छ यो मन , कस्तो मायाँ गरेँ मैले । ।